फेस्बुक कबि पुन्य प्रसाद घिमिरेका ३ मुक्तक

मुक्तक १,
मनै सुखी मनै दुखी, अँगालेर राख्नुपर्छ,
दुखसुख बाढीजस्तै, भँगालेर राख्नुपर्छ ।
सरद गृष्म ऋतुचक्र, आवागमन निरन्तर,
जे जे पर्छ जिन्दगीमा, सँगालेर राख्नुपर्छ ।

मुक्तक २,
तिमी भन्दै थियाै राजा, म त भन्दै थिंएँ रानी,
दुबै किनार छल्कदाँ~, वारपार पानी पानी ।
पानी टुट्याे खाेला सुक्याे, जिन्दगी भाे ढुङ्गेबगर
वर्षा हाेला भेल ल्याउला, पुनर्मिलन कुराकानी ।

मुक्तक ३
कुनैबेला फूल भएँ, अहिले भाछु काँडा,
देख भेट हुनैछाड्याे, पर्दा हाल्याै डाँडा ।
संझना त छचल्कन्छ, ईच्छा पिट्दै मार्छु,
सुखी रहाेस् त्याे जीवन, म बन्दिन भाँडा

पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)

Back To Top