‘म’ – म कुँदिएको देव होइन

म कुँदिएको देव होइन, चुपचाप सहन सकिन
त्यसैले, आँसु र खुसिको नियति लुकाउन सकिन

म त्यस्तो फुल होइन,बाह्रैमास फुलिरहन सकिन
शिर र पाउमा चढ्दाको भाग्य मैले छुट्टाउन सकिन

म आकाशको जून होइन, त्यसैले प्रकाश छर्न सकिन
दिन र रातको वैरभाव त्यसैले मैले मेटाउन सकिन

म घडाको जल होइन, तिमीलाई सुशोभित गर्न सकिन
मन र तनको तिर्खा त्यसैले मैले सुकाउन सकिन

म उत्कृष्ट रचना होइन, अनि त अरुबाट पढिन सकिन
पलपलका हजार सपना, मैले कहिल्यै देखाउन सकिन

– रबिन कोइराला

Back To Top