-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “का ४ मुक्तक

मुक्तक -१
धर्मकै युद्धमा विश्व, कर्मको युद्ध कहाँ छ र?
लाठीमुङ्री ऐयाआथो, चर्मको युद्ध कहाँ छ र ?
मान्छे मात्र मान्छे नै हो, धर्मलेपन किन ईश ,
ड्रोन गोला बम थाकेको, शर्मकोयुद्द कहाँ छर?

मुक्तक-२
धर्म नै मारकाट अफिम नबनोस्,
भाव हत्यारा बमोजिम नबनोस् ।
यस्तै बोध धर्मको कल्पवृक्षबाट,
भेट हकिल्यै अन्तिम नबनोस् ।

मुक्तक-३
पहिले पाखुरी समाउँदै, उही मान्छे चिनो भो
सिङ्गो शिला फोरी टुक्रा कलाभर्ने छिनो भो ।
आपदमा जुम्राले नि, शरीर छोडी हिड्छ भन्छन्,
काँडा बिझ्दा आफ्नै खुट्टा, गनाउने सिनो भो।

मुक्तक-४
तालीबाटै जन्मियो ऊ, ताली हान्यो पररर,
तालीबाटै पद प्राप्ती, चिल्ला गाडी सररर ।
साक्षर कि निराक्षर, परीक्षामा असफलै,
ताली बन्छ ऐन कानुन, राष्ट्र छाती चररर ।

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top