युवा गायक अनीश नुमीहाङ राईले आफ्नै शब्द मा नयाँ गीत ‘मेरो सृजना’ सार्वजनिक गरेका छन्। सृजनात्मक भावनालाई व्यक्त गर्ने उक्त गीतलाई सागर संसार राईले संगीत संयोजन तथा मिक्सिङ/मास्टरिङ गरेका हुन्।

‘महोल’ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा कलाकार मनिष नुमीहाङ राई र प्रीतिका शर्मा फिचर छन्। भिडियोमा जीवनका विभिन्न भावनात्मक पलहरूलाई दृश्यात्मक रुपमा प्रस्तुत गरिएको छ।
भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् भने, कथा पनि स्वयं अनीश नुमीहाङ राईले तयार गरेका हुन्। भिडियोको छायांकन मिलन थापाले गरेका हुन् र सम्पादन तथा पोस्टर डिजाईन विष्णु खड्काले गरेका छन

‘मेरो सृजना’ गीत प्रेम, सिर्जना र जीवनका अनुभूतिहरू समेटेर तयार गरिएको गीत हो। संगीत प्रेमीहरूका लागि नयाँ स्वाद दिन खोजिएको यस गीतले विशेषगरी युवाहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।