“प्यारी आमा” – आमा प्रतिको माया, त्याग र कृतज्ञताको भावपूर्ण संगीत यात्रा

नेपाली संगीतको क्षेत्रमा नयाँ भावनात्मक प्रस्तुति लिएर गायक लोकेश चम्लिङ राई को आधिकारिक म्युजिक भिडियो “प्यारी आमा” सार्वजनिक भएको छ। यस गीतमा आमाको निःस्वार्थ माया, त्याग र परिवारप्रतिको अटुट समर्पणलाई सजीव र सशक्त रूपमा चित्रण गरिएको छ।

लोकेश चम्लिङ राई को आत्मीय स्वर र संगीत संयोजन रहेको छ भने शब्दहरू रमेश राई ‘परिवर्तन’ द्वारा लेखिएको हुन्। राहुल विस्वकर्मा को गिटार धुनले गीतलाई अझ भावपूर्ण बनाएको छ। गीतको सम्पूर्ण अडियो संरचना LOEN स्टुडियो मा तयार गरिएको हो ।

भिडियोतर्फ, मालामाया राई, अञ्जना थिङ र स्वयं लोकेश चम्लिङ राईको मन छुने अभिनयले आमाको संघर्ष र मायालाई पर्दामा जीवन्त बनाएका छन्। भिडियोलाई विजय डोङ ले निर्देशन गरेका हुन् भने भिडियोलाई रमेश राई ले निर्माण गरेका हुन्।

यो गीतले दर्शक-श्रोताको मन छोएको छ र आमाको लागि सन्देश दिने महत्वपूर्ण सांगीतिक प्रस्तुति बनेको छ। मातृप्रेमलाई शब्द, स्वर र दृश्यमा आत्मसात गर्न चाहने प्रत्येक दर्शकका लागि “प्यारी आमा”

Leave a Reply

Back To Top