मुक्तक
उठ्नेहरू उठिसके, कता कता पुगिसकेि,
सुत्ने अल्छी लमतन्नै, अझ धेरै उँगिसके
प्रात भन्छ उठ जाग, उन्नतिमा लाग लाग,
कति बिते दिनहरू, धेरै साइत चुकिसके
मुक्तक
थाहा छ मलाई जस पाउन्न, पाएमा संझिरहनेछु,
झरिमय यी परेलीले पाली, छाएमा संझिरहनेछु ।
उतार चढाव त भैहाल्छ, जीवन हाे सागर छाल ,
धेरै पर नठान है संझनेलाई, चाहेमा संझिरहनेछु ।
मुक्तक
कुनैबेला फूल भएँ, अहिले भाछु काँडा,
देख भेट हुनैछाड्याे, पर्दा हाल्याै डाँडा ।
संझना त छचल्कन्छ, ईच्छा पिट्दै मार्छु,
सुखी रहाेस् त्याे जीवन, म बन्दिन भाँडा
पुन्य प्रसाद घिमीरे (फेस्बुक कबि)