“गाई जात्रादेखि जिन्दगीका रंग – “पुन्य प्रसाद धिमिरेका “मुक्तक”

मुक्तक १

घरघरमा खिचातानी, भाइ जात्रा छ हजुर,
देश सधैं उँधो गति, गाई जात्रा छ हजुर ।

जनता झुम्रे भकुण्डो नायक महाँखेलाडी,
जिन्दगी तेलको फुरौला, ताइ जात्रा छ हजुर ।

गाई जात्रा

मुक्तक २

डिल किन अडिन्छु र, छहराको जिन्दगानी,
पत्थरसाथ अङ्कमाल, पहराको जिन्दगानी ।

अस्तित्वलई उठाउन, थाङ्ग्रोकै पछि लाग्छु,
फुल्छु फल्छु बेहालै छ, लहराको जिन्दगानी ।

मुक्तक ३
बाल युवा वृद्धावस्था, सरि आउँदा जिन्दगीमा,
सुखदुख बराबर, गरि आऊँदा जिन्दगीमा

उचालिएरै के गर्नु खै, मन स्वयं मर्दैजान्छ,
जे आउँछ भाेग्नैपर्छ, परिआउँदा जिन्दगीमा ।

मुक्तक ४

सुनसानकाे ध्वनि तरङ्ग, रालोकोभान छुट्टै,
शब्द शब्द उपमा फुरूङ्ग, गालोको भान छुट्टै ।

माकुरीभन्दा नर अधम, पिचासी तानाबाना,
के को कसरी फसाउने? जालोको भान छुट्टै ।

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top