“स्वार्थी प्रेम”

लघुमायाँ अम्बरलाई खुबै मन पराउँथी । सुनेकि थिई अम्बर स्मार्ट छ धनी छ तर देखेकी थिईन । मनमनै कल्पनामा सजाउँथी । कुनै दिन फेसबुकमा झल्याकझुलुक अनुहार देखेकि थिई ।अम्बर पनि पटक पटक फाेन गरिरहन्थ्याे ।उनीहरू छुट्नै नसक्ने जाेडी भैसकेका थिए ।
लघुमायाँलाई बाल्यकालमै पाेलियाे लागेकाेले एउटा खुट्टा खाेच्याएर हिड्ने गर्थी, शरीरभने हृष्टपुष्ट अनुहार धपक्कै बलेकाे थियाे । खुट्टाकी फरक क्षमता भएपनि अमरजस्ताे सुन्दर केटा साथी पाउन लागेकीमा उ फुरूक्क थिई ।
अमर दिनरात कडा परिश्रम गर्थ्याे । राम्ररी पैसा कमाएकाे थियाे घर , गाडी , पैसा दाैलत, ईज्जत सब आर्जन गरेकाे थियाे । ऊ एक सच्चा जीवन साथीकाे खाेजीमा थियाे ।लघुमायाँले अमरलाई भेट्ने कुरा गर्ने, विवाह गर्ने कुरामा खुबै ढिपी गर्दै गई । अमर पख पख भन्दै थियाे। उनीहरू दुईचार घण्टाकाे गाडीकाे बाटाृमा फरक स्थानमा बस्थे। उनीहरूकाे सम्पर्क फाेनकाे फेसबुक आइडीबाट भएकाे थियाे प्रतक्ष भेटघाट भएकाे थिएन । लघुमायाँकाे टिकटकमा कतै अलिकति खुट्टामा समस्या हाे कि भन्ने देखेकाेभने थियाे तर लघुमायाँकाे प्रेम र धपक्क बलेकाे मुहारले ऊ उनीलाई पाउन ब्यग्रथियाे । एकदिन एका्न्त स्थानमा भेट्ने सल्लाह भयाे ।
खमरलाई आज लघुमायाँकाे परीक्षा लिनुथियाे । रूपकी यती राम्री दिलमा कस्ती छन् त? अमरले एकजना साथी सँगै लिएर सररर कारमा निश्चित स्थानमा गई बस्याे ।
ताेकिएकै समयमा लघुमायालेआफ्नी मनपर्ने साथीलाई सहारा बनाई आईरहृकाे अमरले देख्याे ।
साथीलाई कार मालिक बनायाे र आफू अक्टिजम भएकाे हात लल्याक लुलुक, मुख बाङ्गीएकाे असक्त भएकाे अभिनय गरेर उभियाे । लघुमायाँले ताेकिएकाे स्थान आइपुगेर फाेन गरिन्
“कता हाे, खैत देख्दिनत कहाँ हुनुहुन्छ?” साेधी , । म यही का्रकाे छेउमा छु त नहेरी गयाै भन्खै अमरले अमरले फाेन उठायाे। लघुुमायाँले पछाडी हेरी र साथीलमई भनी ” हैट के जिस्केकाे हाेला यस्ताे बिकलाङ्गले पनि”। फ्याल्ट्यक फ्याल्ट्या गर्दै अली अगाडी गएर फेरी फाेन गरी ।अमरले फेरि फाेन उठायाे र भन्याे “म यही कारकाे छेउमा उभिएकाे मा्छे हुँ ” लघुमायाँ फर्क्क फर्केर खुट्टा खा्ेच्याउदै आएर हैट
तिमी यस्ताे थियाै भन्ने थाहा पाएकाे भए म प्रेम, विवाह गर्छु भन्ने नै थिइन धेकेवाज भन्दै अमरका गालामा चड्रकन लाउन थाली ,चप्पलै चप्पलले खुब पिटेर आफू आएकै बाटाे फर्किई ।
अमरले अभिनय छाेडेर बास्तविक बन्याे र भन्याे ” लघु फर्केर हेर त तिमी परीक्षामा असफल भयाै मैले तिम्राे परीक्षाकालागि नाटक गरेकाे”
लघु फरक्क फर्कीएर आई गल्ती भएकाे माफ मागी, अनुराेध गरी । अममरले भन्याे “तिमी दिलकी राम्री छैनाै विवाह हुन सक्दैन भन्दै साथीलाई कारमा राखेर सरर हिंड्याे ।

फेस्बुक कबि पुन्य प्रसद घिमिरे
दोलखा

Back To Top