धनै प्याराे लाग्नेले, जीऊ बिर्सन्छ,
तरचाेर बिरालाले, घिउ बिर्सन्छ ।
उपचार गर्नुपरे, धनै हेर्छ साउ,
धनसँगै शिष्टाचार, नआमा न बाउ ।
अन्न बेच्ने पसलेले, बिउ बिर्सन्छ,
आय आर्जन हुनेभए, निउँ बिर्सन्छ ।
धनै प्याराे लाग्नेले, जीऊ बिर्सन्छ,
तर चाेर बिरालाले, घिउ बिर्सन्छ ।
शरीरकाे वास्ता छैन, धन लाेभ पाप,
खुकुरी नै झरेपछि, के काम र दाप ।
भाँडै खिर चाख्नेले, पुनिउँ बिर्सन्छ,
स्वस्थ रहे लाख कमाई, कुनिउँ बिर्सन्छ ।
धनै प्याराे लाग्नेले, जीऊ बिर्सन्छ,
तर चाेर बिरालाले, घिउ बिर्सन्छ ।
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा