दलदल

फाेहाेर खलबल छ,
दलदल बिच कल छ ।
आफैंमा स्वार्थ छल छ,
आदर्श दुर्गन्ध ढल छ ।

अस्थिरता पल पल छ,
डाली फेर्दै चरी फल छ ।
मिचाहामय मनाेबल छ,
चाेखिनलाई गङ्गाजल छ ।

चुल्ठे मुन्द्रे ठेक्का भल छ,
आयातित बाेरा चामल छ ।
सिंह र ब्वासाकाे हल छ,
चुप चुप यहाँ दलदल छ ।

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top