आजित सापकोटाको स्वरमा रहेको नयाँ गीत “ओइ सुनन तिमी” सार्वजनिक भएको छ । यसलाई विशेष बनाउन उनले आफ्नी पत्नी पवित्रा पोखरेलसँगै अभिनय गरेका छन् ।

गीतको भिडियोले प्रेममा पर्ने पहिलो क्षणदेखि विवाहसम्मको भावनात्मक यात्रालाई जीवन्त तरिकाले प्रस्तुत गरेको छ । भिडियोमा प्रेम प्रस्ताव, साथमा बिताइएका रमाइला पल, सम्बन्धमा आउने सानातिना उतारचढाव तथा विवाहको मोमेन्टलाई कथा शैलीमा देखाइएको छ ।

गायक अजित सापकोटा भन्छन् “यो गीत केवल कलात्मक सिर्जना मात्र होइन, हाम्रो जीवन कथा पनि हो । दर्शकले भिडियो हेर्दा आफ्नो प्रेम अनुभूतिलाई पनि सम्झिनेछन् भन्ने हाम्रो विश्वास छ ।”

गीतको शब्द तथा संगीत अमृत सापकोटा (अम्बु), आजित सापकोटा र पवित्रा पोखरेलले संयुक्त रूपमा गरेका हुन् । यस गीतलाई ब्ल्याकपेपर स्टुडियोजमा डीजे सन्तोषले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन् ।

भिडियो Brother Studio ले निर्माण गरेको हो भने क्यामेरा, सम्पादन र कलरिस्टको जिम्मेवारी प्रशान्त कोइरालाले गरेका हुन । निर्देशन भने गायक अजित सापकोटाले नै गरेका छन ।

पवित्रा पोखरेल पनि भन्छिन् “यो भिडियोमा हामीले देखाएको कथा वास्तविक जीवनकै यात्रासँग जोडिएको छ । त्यसैले गीत र भिडियो दुवैलाई दर्शकले आफ्नो जीवनसँग जोडेर अनुभव गर्नेछन् भन्ने अपेक्षा छ।”
गीत सार्वजनिकसँगै दर्शक श्रोतालाई “ Oi Sunana Timi” लाइ लाइक तथा सेयर गर्न अपिल पनि गरेका छ्न दुबै ले ।