सुरेश पायल राई र विनुसा राईको स्वरमा सजिएको नयाँ पुर्बेली लोकगीत “मखमली चोली” सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र मिक्समास्टर स्वयंम सुरेश पायल राईले गरेका छन् ।

गीतलाई मनोज साङसोन राईले एरेन्ज गरेका हुन् भने भरत बुढाथोकीको मादल, सामुइल लेप्चाको गिटार र रत्न बि.क. को बाँसुरी ले गीतलाई अझै जीवन्त बनाएका छ । सम्पूर्ण रेकर्डिङ तथा पोष्ट प्रोडक्सन स्टुडियो किङ्मा सम्पन्न गरिएको हो ।
भिडियो अर्जुन कटुवालको निर्देशनमा बनेको छ, जसमा गायक सुरेश पायल राई र गायिका विनुसा राई नै देख्न छ । भिडियोको सम्पादन, कलर र ग्राफिक्स अर्जुन खड्काले गरेका हुन।

भिडियो सार्वजनिक भएसँगै गायिका विनुसा राईले खुशी व्यक्त गर्दै भनिन् “मखमली चोली हाम्रो पुर्बेली भाकालाई आधुनिक स्वादमा प्रस्तुत गर्ने प्रयास हो । लोकसंगीतलाई नयाँ पुस्तासम्म पुर्याउने हाम्रो सानो योगदानलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास लिएको छु ।”

उनका अनुसार, नेपाली लोकधुनलाई संरक्षण र प्रवर्द्धन गर्न यस किसिमका सिर्जनाले महत्वपूर्ण भूमिका खेल्नेछ । गित –