
पूर्वेली लोकधुनमा सजिएको नयाँ गीत “सोमिमा ज्यू सेवारो” सार्वजनिक भएको छ । मनोज साङ्सोन राई र गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको यस गीतमा पूर्वेली भाकाको लय र प्रेमपूर्ण संवादलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ।

गीतको शब्द मृदुल आङ्बोले लेखेका हुन् भने संगीत, एरेन्ज र रेकर्डिङ मनोज साङ्सोन राईकै रहेको छ । राजु कार्कीले मिक्स मास्टर गरेका यो गीतको अडियो र भिडियो दुवै स्टुडियो किङ बाट तयार गरिएको हो ।

गीतमा खर्का बुढा मगर (मादल), भरत बुढाथोकी (डिम्री/तबला) र सामुएल लेप्चा (गिटार) को वादन रहेको छ। कोरसमा रोशन राई “पालुवा स्टार”, सुरेश पायल राई, निश्छल राई, मनबी राई र लिला राईको स्वर सुन्न सकिन्छ ।

भिडियोतर्फ अर्जुन कटुवालले छायांकन र अर्जुन खड्काले सम्पादन तथा कलर गरेको छन् ।
गीतले हिउँदोको घाम, गाउँघरको प्रेम, परम्परागत वाद्य र पूर्वेली जीवनशैलीलाई लोक दोहोरीको भाकामा उतारेको छ ।