“तीन मुक्तक, तीन अनुभूति”- धर्मराज लुइटेल

मुक्तक -१
म किन म बनिन खै थाहा थाहा भएन
जती संघर्ष गरेनी जिन्दगी आहा भएन

सर साथिले उन्नति गरे गरून् सुभकामना
जस्ले जेजे गरेनि मलाई कहिलै डाहा भएन
मुक्तक -२
मैले मलाई चिनेको दिन अचम्मै हुन्छ
काटिले सलाई चिनेको दिन अचम्मै हुन्छ

सेवा गर्नु धर्म गर्नु दिन दुखीलाई दया गर्नु
तिमिले भलाई चिनेको दिन अचम्मै हुन्छ
मुक्तक -३
मलाई सुरा मन पर्न छोडेपछी ।
तिम्रा चुरा मन पर्न छोडेपछि ।

तिमिलाई नै मन पराउन छोडेछु !
ति तिम्रा कुरा मन पर्न छोडेपछि ।

धर्म राज लुइटेल
भोजपुर, दिल्पा

Back To Top