‘मन’ – नखाउ कसैको भागलाई तानी तानी। बेलेमा होस पुर्याए, मरेर छैन लानी..

जो हिड्छ अज्ञानतामा अज्ञानी भईं।
सो गिर्छ ज्ञानमा जानाजानी उही।।
भावनारूपी विचारको परिधि मै रही।
भूल गर्छ आफ्नो पन, कोहीं कतै कहिँ ।।

ऊत्पन्न हुन्छ जब मन भित्रको द्वन्द्व।
आखा भएर पनि हुन्छ तब अन्ध ।I
थुनिन्छ जब कोही कारागारमा बन्द।
फैलाउने गर्छ तव अपुष्पीय गन्ध।।

बेलैमा नहटाय नकरात्मक बानी।
भोग्नुपर्छ अकाल्पनिक अविश्मणीय हानी।।
नखाउ कसैको भागलाई तानी तानी।
बेलेमा होस पुर्याए, मरेर छैन लानी।।

लेखक = बालकृष्ण थामी

Back To Top