आयो है तीजको लहर’ सार्वजनिक – अञ्जु गौतम र ज्योति खड्काको धमाकेदार प्रस्तुति

नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक भएको छ। हरि शिवाकोटीको शब्दमा तयार भएको यस गीतमा अञ्जु गौतमको स्वर सुन्न सकिन्छ। गीतलाई संगीत, मिक्सिङ र मास्टरिङ संगीतकर्मी कुन्दन राईले गरेका छन्।

पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा अञ्जु गौतम र ज्योति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको कोरियोग्राफी अनमिका लामिछानेले गरेकी छन् । भिडियोलाई बिजय मगरले निर्देशन गरेका हुन्।

भिडियोको सम्पादन तथा संयोजन अर्जुन खड्काले गरेका छन् भने छायांकन विषाल थापा र उनकी टिमले सम्हालेका हुन । ड्यामि क्रिएशनको पोस्ट-प्रोडक्सन तथा अनिल पराजुली र हर्क बहादुर पहाडीको प्राविधिक सहयोगमा गीतको निर्माण भएको हो।

झुमाउने लय र रङीचङ्गी दृश्यले भरिएको यो गीतले तीजको माहोललाई अझ रमाइलो बनाउने विश्वास गरिएको छ।

Back To Top