
संगीत शिक्षामा सक्रिय गायिका ‘सुनिता कटुवाल’को स्वरमा सजिएको नयाँ गीत ‘’गाँठो पारिदेउ’’ सार्वजनिक भएको छ। शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
प्रेम, विछोड र भावनात्मक समर्पणको कथा बोकेको यो गीतमा गहिरो भावनालाई नृत्यमार्फत अभिव्यक्त गरिएको छ। डिबी खनालको शब्द रचना, देवेश राईको संगीत तथा एरेन्ज रहेको गीत SEWA स्टुडियो तयार परियको हो ।
भिडियोमा सुरेश कोइली र सम्रिका ढकालको अभिनयले कथा जिउँदो बनाएको छ भने गायिका कटुवाल तथा आशिका गौतम, प्रिन्सु तामाङ, याङचेन लामा, सबिना राई, श्रवण लाक्पा लाइ पनि नृत्य कलाकारहरूको रुपमा देख्न सकिन्छ ।
“मनले मनलाई सम्हाल्नै सक्दिन, गाँठो पारिदेउ…” जस्ता सुमधुर लय, भावुक शब्द र आकर्षक दृश्यले गीतलाई सबै उमेर समूहका लागि रमाइलो बनाएको छ।
इटहरीस्थित ‘निसाद संगीत पाठशाला’ मा शिक्षा दिदै आएकी कटुवालले यसअघि २० भन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छन्। लामो समयको अन्तरालपछि ल्याइएको यो नयाँ गीतमार्फत उनले दर्शक–श्रोताको मन जित्ने प्रयास गरेकी छन्।
शुभकामना छ — ‘गाँठो पारिदेउ’ गीत सफल होस्, गायिका कटुवालको स्वर अझ धेरै मनहरूमा गाँसियोस्! 🌸