।। मुक्तक ।१।
सुन्दर सपना देखेर हर्ष गर्छु ,पिर पर्छ अरुलाई
जिन्दगी सोची निष्कर्श गर्छु, पिर पर्छ अरुलाई
देखेर ,भोगेर आभास गरि अनुभव लिने हो म,
मेरो भबिस्यलाई संघर्ष गर्छु, पिर पर्छ अरुलाई ।
।। मुक्तक ।२।
सही समयको घडीले मती देला नी एकदिन
श्रमको नतिजा पुगुन्जेल जति देला नी एकदिन
आशाको दियो निभ्न दिनु भएन बस जीवनमा
साथ पुगे भाग्यले पनि प्रगति देला नी एकदिन
।। मुक्तक ।३।
अनगिन्ती बहीसके आँसु अब धेरै रुन नपरोस्
सन्तुष्टि धरती मै छ प्रगतिले गगन छुन नपरोस्
झुक्न जति झुकीसकेको हो मैले यो समाजसंग
फेरि कहिल्यै अब कोमल हृदयको हुन नपरोस्।।
✍️-निरुता स्मृति
थुलुङ दूधकोसी सोलुखुम्बु ।