गायक हसन राईको ‘नायुमा’ सार्वजनिक, किरात विवाह संस्कारमा आधारित म्युजिक भिडियो

गायक हसन राईको नयाँ गीत ‘नायुमा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शशि गुरुङको शब्द-संगीतमा तयार गीतमा हसन राइको स्वर रहेको छ भने एरेञ्ज देबेश राईले गरेका छन् ।

लुङ्टो क्रियशनको प्रस्तुति रहेको यो भिडियोलाई चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । किरात राई समुदायको विवाह संस्कारमा आधारित भिडियोमा अभिनेत्री एलिशा राई, मोडल गणेशमान घले, र हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) लगायत कलाकारको अभिनय देख्न पाइन्छ ।

भिडियोमा सोल्टी-सोल्टिनीबीचको प्रेम भावलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हरि हुमागाईको डिओपी, उत्तम हुमागाईको सिनेमाटोग्राफी, र विकास दाहालको सम्पादन रहेको भिडियो सुम्निमा कलेक्सनको पहिरनमा निर्माण गरिएको हो ।

खोटाङ दिप्रुङ चुइचुम्म–७ का गायक हसन राईको नयाँ गीत ‘नायुमा’ संगै दुई दर्जनभन्दा बढी गीत रेकर्ड गरिसकेका हसन फरक स्वादका सिर्जनामार्फत दर्शकमाझ प्रस्तुत भइरहेका छन् ।
किरात विवाह संस्कारमा आधारित यो गीतमार्फत उनले आफ्ना सांगीतिक यात्रामा नयाँ रंग थपेका छन् ।

Leave a Reply

Back To Top