आदरणीय रामकुमारी झाँक्री दिदी,
मेरो नमस्कार।
हालै तपाईंको दिनु भयको अभिव्यक्ति शिक्षकहरूले बढी नै रमिता देखाए भन्ने रछ । त्यो सुनेपछि हामी शिक्षकमाझ एक प्रकारको निराशा, दुःख र प्रश्नको आँधी आयको छ ।
“रमिता” भन्नाले तपाईं के बुझाउनु चाहनु भएको हो? मलाई त्यसको परिभाषा खोज्नै पर्ने स्थितिमा पारेको छ तपाईंको उक्त अभिव्यक्तिले विगतका केही घटनाहरू सम्झिएँ
१. २०६० को दशकमा, तपाईंले फेटा बाँधेर सडकमा रेलिङ भाँच्नुभयो, ढुंगा प्रहार गर्नुभयो, नाराजुलुस गरिरहनुभयो। तत्कालीन सत्ताले तपाईंलाई “रमिता देखाउने” भन्यो। तपाईंको दृष्टिमा त्यो रमिता थियो कि क्रान्ति?
२. २०७७ सालमा, आफ्नै पार्टी अध्यक्षको विरोधमा मुखमा टेप बाँधेर मञ्चमा चुपचाप उभिनुभयो। तपाईंका नेताले त्यसलाई “रमिता देखाउने नारी” को संज्ञा दिए। त्यो विद्रोह थियो कि तमासा?
३. २०७८ मा, मन्त्री पद गुमाउँदा पत्रकार सम्मेलनमै तपाईं भक्कानिनुभयो। जनमानसले टिप्पणी गरे “यत्रो ड्रामा किन?” तपाईंका हिसाबले त्यो देशप्रतिको जिम्मेवारी थियो कि अभिनय?
अब तपाईंले हामी शिक्षकहरूको आन्दोलनलाई “रमिता” भन्नुभएको छ।
हुन सक्छ कोही गीत गाउँछन्, कोही नाच्छन्, कोही टिकटकमा सन्देश दिन्छन्, कोही जादु देखाउँछन्। तर ती सबै क्रियाकलाप संविधान प्रदत्त अधिकार अन्तर्गत गरिएको विरोधको स्वरूप हुन्।
हामीले त जम्मा १८/२० दिन रमिता देखायौँ तपाईंहरूले त तीन दशक लामो राजनीतिक नाटक देखाउँदै आउनुभयो। त्यसै नाटकले देशको युवाशक्ति थकित बनाएको छ। आज दिनहुँ ३ हजारभन्दा बढी युवा देश छाड्दै तपाईंहरूको सत्ता-सञ्चालनको “रमिता” हेर्न नसकेर।
२०७२ सालमा जारी गरिएको संविधानले तीन वर्षभित्र आवश्यक सम्पूर्ण कानुन निर्माण गरिसक्नुपर्ने व्यवस्था गरेको छ। तर दश वर्ष बित्दा पनि शिक्षा ऐन बन्न सकेको छैन। तपाईं एकपटक सांसद एकपटक मन्त्री बनिसक्नुभयो शिक्षा ऐन निर्माणमा तपाईंले कस्तो योगदान गर्नुभयो?
तपाईं विद्यार्थी राजनीतिबाट हुर्किनु भएकी नेतृ हुनुहुन्छ भन्ने हाम्रो विश्वास थियो। त्यसैले हामी सोच्थ्यौं शिक्षा क्षेत्रका समस्या र समाधान तपाईंले राम्ररी बुझ्नुहुन्छ । तर तपाईंको त शासन शैलीमै रूपान्तरण भइसकेछ अब तपाईं आवाज उठाउने होइन आदेश दिने ठाउँमा पुग्नुभएको रहेछ।
हाम्रो आन्दोलन हाम्रो आत्मसम्मान हो।
हाम्रो आन्दोलन हाम्रो अधिकारको माग हो।
हाम्रो आन्दोलन हाम्रो संघर्षको इतिहास हो।
२०३६ सालदेखि सुरु भएको शिक्षक आन्दोलन आजसम्म निरन्तर जारी छ। हाम्रा हरेक आन्दोलनबाट शिक्षा प्रणालीमा केही न केही सुधार सम्भव भएको छ। तपाईंले आफ्नो जीवनका आन्दोलनहरू गौरवका साथ स्मरण गर्नुहुन्छ होला हामी पनि यही आन्दोलनलाई आत्मगौरवको रूपमा लिन्छौं।
तपाईंलाई हाम्रो आन्दोलन “रमिता” लागेछ भने पनि हामी बुझेका छौं हाम्रो आवाज अब असह्य बन्दैछ, त्यसैले तपाईंहरूलाई पीडा दिन थालिसकेको छ।
त्यो सन्देश हामीले बुझिसकेका छौं।
तपाईंको आन्दोलन इतिहास हो भने, हाम्रो आन्दोलन पनि इतिहास नै हो।
तपाईंको विद्रोह क्रान्ति हो भने, हाम्रो प्रतिरोध पनि परिवर्तनको आवाज हो ।
——राम्पर /r_a vai
(राम्कुमारि दिदि -अब चाहि शिक्षकहरूको रमिता बढी भयो।
मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?
विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले? भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन।यहाँहरूले पढाएका कयौ विधालयको BLE को रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ ।शिक्षकहरूले यति सम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विधालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।
-Ramkumari jhakri )
सडक बाट शिक्षकले आवाज गर्दा रमिता लाग्दो रहेछ।
तर संसदको कुर्सीमा बसेर ऐनको जिम्मेवारी लत्याउँदा तपाईंलाई त्यो गम्भीर जिम्मेवारी लाग्दो महसुस भको हो ।
तपाईंले भन्नुभयो “के ऐन सडकबाट पास हुन्छ?”
हामीले त त्यसै भन्दै आएका छौं सडकमा उभिनु बाध्यता हो, चाहना होइन । यदि संसदले समयमा ऐन पास गरेको हुन्थ्यो भने, हामी कक्षामा हुन्थ्यौं सडकमा होइन ।
तपाईंले भन्नुभयो “शिक्षकहरूलाई तलब राज्यले दिएको छ, स्कुल किन बन्द गरेको ?”
राज्यले तलब त दिन्छ, तर ऐन दिने जिम्मेवारी पनि त लिएको हो नि !
जुन वाचा तपाईंहरूले एक दशकअघि गर्नुभएको थियो । संविधानमा तीन वर्षभित्र शिक्षा ऐन ल्याउने स्पष्ट व्यवस्था छ।
अब त्यो १० वर्ष पुग्न लागिसक्यो।
तर ऐन खैत ?
अझै “समितिमा दफा मा छलफलमै छ” भन्दै जनताको आँखा छली रहनु भएको छ।
दिदी, तपाईंले भन्नुभयो—“BLE को नतिजा सुन्य छ, चिन्ता लाग्छ?”
हो, हामी चिन्तित छौं। तर त्यो परिणाममा भाग खाने नीति निर्माताहरू पनि हुन्, जसले शिक्षालाई प्रयोगशाला बनाएका छन्।
सातवटा सरकार फेरिए, तर एउटै शिक्षा ऐन बन्न सकेन त्यसको जिम्मा शिक्षकले लिनुपर्ने हो त?
तपाईंले भन्नुभयो “सरकारको प्रतिबद्धता छ, ऐन आउँछ।”
हामी पनि त्यसै कुरामा विश्वास गरेर १० वर्ष पर्खियौं।
हामीलाई थाहा छ संविधान अनुसार ऐन संसदबाट पास हुन्छ।
तर सडकबाट आएको आवाजले संसदलाई जगाउँछ, नत्र त्यो पार्टी पार्टीको सौदाबाजीमा अल्झिन्छ।
तपाईंले विद्यार्थी राजनीतिबाट शुरू गर्नुभएको हो। तपाईंलाई थाहा होला जब जनप्रतिनिधि कानमा रूई हाल्छ, तब जनताको आवाज सडकबाटै घन्कन थाल्छ।
त्यो आवाज रमिता होइन, चेतावनी हो।
हामी शिक्षकहरूलाई आफू पढाएका विद्यार्थीको भविष्य जति नै माया लाग्छ।
तर जब हामी भविष्य बनाउन लगेको नीति नै अधुरो हुन्छ, तब शिक्षक चुप लाग्न मिल्दैन।
दिदी, रमिता भन्नुहोस्, तमासा भन्नुहोस् हामी त ऐनको माग गर्दैछौं।
र यो रमिता होइन, अधिकारको आग्रह हो।
शिक्षकहरू कक्षामा फर्किन चाहन्छन्, फर्किनुपर्ने हो।
तर ऐनविहीन कक्षामा फर्किनु भनेको अधुरो किताब पढाउनु सरह हो।
हामी चाहन्छौं अबको आन्दोलन ऐनसहितको शिक्षाको लागि अन्तिम होस ।
तपाइहरु भन्नु हुन्छ सरकारप्रति विश्वास गर्नुस्।
तर विश्वास त त्यहीँ गरिन्छ, जहाँ वाचा पूरा हुन्छ। १० वर्षअघि गरिएका वाचा अधुरा छन् त्यसैले हामी सडकमा छौं। हामि कुनै रहर मा रमिता होइन, शिक्षाको संविधान खोज्दै छौ ।
जय शिक्षेक जय शिक्षा !!
—- निम / R_a vai