मेरो हुने मेरो जिबन साथीलाई मेरो यो पत्र

थाहा छैन मेरो हुनेवाला कोहो तर पनि मेरो हुने मेरो जिबन साथीलाई मेरो यो पत्र
कोहो तिमि काहा छौ मत अहिले भन्न सक्ने छोइन तर पनि आज मलाई किन किन मेरो हुनेवाला लाइ सम्झीन मन लागिरहेछ कस्तो अवस्थामा छौ भबिस्यको बारे सोची केके गर्दै छौ कताको बाटोमा आफ्नो पाइला चाल्दै छौ अनि समाजले केके कुरा गर्दै छ आफ्ना आफन्तले बिहेको चर्चा गर्दै छन् छैनन् मेरो त धेरै समय देखि कुरा गरि रहनु भाको थियो तर मलाई वास्ता थियन मेरो बिचारमा चै आफुले चाहेको प्राप्त गर्ने आफु आफ्नो लाइफ सेट गर्ने अनि आफ्नो बिबाह गर्ने भन्ने थियो मेरो तर मैले सोचे जस्तो त भयन चाहेको गर्न सकिन यहि सफलताको भुमरीमा रुमलियर होला को हि साथि भयानी हुन्थ भन्ने सोच आउन थालेको छ त्यसैले हो ला हिजो आज मेरा आफन्तको कुरा सुनौ झैँ लागेको छ कता कता मलाई पनि अरुकै झैँ मलाई पनि एउटा जिबन साथी बनाउझैँ लागेको छ हुनलाइ अरुक आखामा के छ तर मेरा लागि मेरो जिबन निरासामा मडारियको छ आफ्नो लक्क्षे उदेश्य मारेर जिबनको औसत आयु गुमाउदै बाचेको म आफ्नै साथीको बिहे पछिको नियति आखै अगाडि देखर बितेको मेरो दिनचरिया भयर होला सायद तेरो बिहे कैले भन्ने लाइ नाना गाली गर्ने म परि वर्तन भयको छु
हिजो आज कता कता म मा एउटा नया आभास जाग्न थालेको छ कोहि भयता केहि हुन्थोकी सायद एउटा सुन्दर मन भयको मान्छे जिबन को नया पानामा मेरो सपनाको बाटो पुरा गर्न सक्थेकी भने आस जागेको छ कसैको साथमा जिबन बिताउ भन्ने लागेको छ त्यसैले मेरो मनको भाबना समेटेर एउटा पत्र कोर्ने कोसिसमा जुटेको छु.
यो संसरमा एउटा अचम्मको भाब छ जसले चै राम्रो नराम्रो आफ्नो अर्काको नजिक टाडा छुटाउने गर्छ त्यसैमा रहेर आ-आफ्नो धारणा बिचार सबको आफ्नै रहेको छ याहा सबैको धारणा राम्रोमा गयर अडिन्छ जसले हाम्लाई एउटै बाटोमा हिडाई रहेछ याहा सबैलाई राम्रो बन्नु छ राम्रो लाइ आफ्नो बनाउनु छ त्यहि राम्रो लाइ आफ्नो बनाउन चाहने मध्यको म मेरा पनि आफ्नै बिचार छन आफ्नै लक्ष्य छन् मेरो आफ्नै भाब छ मेरो भाब कति सग मिल्छन कति सग मिल्दैनन अनि उस्तै उस्तै भब भयको मान्छे मान्छे बिच आफ्सेआफ् अटोमेटिक कनेक्सन हुन्छ अनि प्रेम हुन्छ तर मेरो को हि सग पनि आज सम्म हुन सकेन आस छ चाडै भैजावस जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने आस पालेर बसेको छु सुने को छु सब्को एक न एक दिन समय आउछारे जिबनमा खुसि छाउछारे कैले आउछ रे त्यो दिन पर्खाइमा छु
मेरो प्यारो मेरो कल्पनाको मेरो चाहानाको मान्छे लाइ मेरो चाहना मेरो धारणा राख्न चाहान्छु साचै त्यो स्वास्नी भन्ने सब्द चाइ मललाई पटकै मन पर्ैन सब्दनै कस्तो कस्तो रुखो जस्तो लाग्छ म तिमि लाइ स्वास्नी श्रीमती भन्दा पनि मेरो प्रेमिकाको रुपमा पाउन चाहन्छु मेरो मनको साथि बनाइ रहन चाहन्छु र प्रेमिका झैँ माया गरि रहन चाहन्छु अहिलेका इ बैबाहिक सम्बन्धहरु कुन जागिर के पेसा ब्यबसाय कस्तो खान्दानी हेरेर जोडिन्छन् यसरि जोडिने सम्बन्धलाई म स्वार्थी सम्बान्ध भन्द छु यस्ता सम्बन्धमा कहिँ कतै म प्रेम देख्दिन ति गरगहनाको प्रदसन गर्ने पाटिप्यालेसमा पाटि गर्ने फोटो खिचाउदै के के न गरेझैँ फेसबुकमा फोटो लाउने जस्ता देखावटी बाहानाको हर्कत गर्ने जस्ता चलन मलाई कत्तिपनि मन पर्दैन मलाई त लाग्छ यस्ता फजुल खर्च गर्नुको सट्टा बरु त्यो पैसाले समजमा नया सन्देसमुलक कार्यक्रमा को लागि अक्षेय कोस खडा गरि त्यहि अक्षेय कोस बाट बार्षिक सम्झन लायक कार्यक्रम गर्ने कि कुनै असाहाय लाइ सहयोग गर्ने वा त्यो गर्न नसके आफ्नो भबिस्यको लागि केहि गर्न नया योजना मा खर्च गर्न चाहन्छु यस्ता मेरो चाहना लाइ तिम्ले के भन्छौ कति के गर्न चाहाने छौ मलाइ जान्ने इच्छ छ
जब हामीले बिहे गर्छौ अनि हाम्रो परिवारमा बिस्तारै भित्र भित्र सित युद्द सुरु हुन्छ हाम्रा समाजका छिमेकिहरु कुरा लाउने उचाली दिने स्वभावका हुन्छन फलानाको यस्तो ढिस्कानको उस्तो भन्दै कुरा काट्ने हुन्छन बिस्तारै सासु बुहारी देउरानी जेठानी बाट सुरु हुने मनमोटाव बाउ छोरा दाजु भाइमा आइ एउटै घरमा दुइ भान्सा सम्म पुग्छ बित्ता बित्ता नापेर खेत बारी नापेर अंश लाउने सम्म पुगछ मत यस्तो कदापि चाहन्न त्यो भन्छन नि आमा बाबा दाजु भाइ सग छुटिया बाक्लो दाल खाने मलाई क्ति पनि रहर छैन मलाइ त सबै परिवार एउटै छाना मुनि एउटै किचन मा खाना खाइ रहने चाहाना छ त्यसको लागि तिमे के के गर्न सछौ के तिमि मेरो परिवारलाई पहिलेल्कै अवस्थामा झैँ राखी रहन सक्छौ. भनिन्छ नारीमा अथाह शक्ति हुन्छ रे जे चायो त्यहि गर्न सक्छन रे तिम्ले हाम्रो परिवारलाई कस्तो बनाउन चाहन्छौ जान्न मन छ
जब हाम्रो घरको बुहरी बनि हाम्रो घरमा भित्रिन्छौ तब तिमि मेरो घरको सस्कार हुने छौ अझ मेरो ता बाच्ने आधार मेरो सस्कार तिमि नै हुने छौ मेरो जिबन कस्तो हुनेछ भनि भबिस्यको निर्माता तिमि हुने छौ सुने को छु मान्छे हरु भन्छन बिहे पछि मान्छे जिउदो सहिद हुन्छन रे के तिमि मेरो जिबन मा आयासी मलाइ मेरा इच्छ मारेर बाच्न बाध्य गराउने छौ र म ता चाहान्छु हाम्रो प्रेम अरुको जस्तै नभई अरुलाई उदहारणीय बनोस जाह कसैको इच्छ चाहना सपना चकना चुर नहोस एक अर्काको प्रेम ले ससक्त उर्जा मिलोस भन्ने चाहन्छु तिमि के चाहान्छौ
प्राय बाबाआमाहरु छोरीले दुख नपावस भनि केटाको सम्पति केटाको जागिर लाइ प्रथामीकतामा राखी केटा छान्ने गर्छन अझ भन्नु पर्दा आफुले भोगेको जस्तो जिबन आफ्नो सन्तानलाइ दिन चाहादैनन अनि राम्रो परिवार राम्रो खानदानी कुल घरानाको मान्छे छान्ने गर्छन त्यसमा बिबाह गर्ने क्रममा आफुले सकी नसकी छोरीले सुख पावस भनि बिबिन्न सामान गरगहना दाइजो दिने गर्छन यस्तो काम तिम्रो बिचार के कस्तो लाग्छ मलाई जान्ने मन छ. म ता भन्छु त्यो निर्णय त्यो चलन तिम्ले अस्विकार गर्नु आफ्नो जिन्दगीको निणय आफै लिन सक्छु भन्न सक्नु पर्छ बाबा आमा भन्न लाइ भन्नु होला त जन्दिनस सानिछेस सिदाछेस त लाटी के थापाउछेस तर तिम्ले आफ्नो लागि आफ्नो आत्मा विस्वासका साथ उभिनु किन कि जो छोरी केटाको खानदानी सम्पति ेरी बिहे गर्दछे त्यो छोरी सधै त्यो खंन्दानिको प्रत्यक्षे अप्रत्यक्षे सधै सधै दासी भयर बाच्नु पर्छ त्यसैले आफ्नो जिबनको माली ता हामि आफैपो हुनु पर्छ त मत भन्छु हामीलाई चाइने सम्पति हामि आफै कमाउनु पर्छ ठुलो गर महत्तोपुर्ण छैन त्यो घरमा बस्ने बिचको आपसी माया महत्तोपुर्ण हो. घरलाई ठुलो चै हामी बिचको मायाले बनाउला हामि दुइ मिलि क्षेयामताले भ्याउने काम गरौला दुइ मिलि सानो घर बनाउला तिम्रा ति हात लाइ भाडा माज्ने लुगा धुने वासिंग मेसिन बनाइँ राख्नु हुदैन तिम्र ति काम गर्ने हात तथा हिम्मतलाई मेरो तर्फबाट प्रतिबन्ध लाग्ने छैन. के तिमि अथाहा सक्ति र उर्जाले भरियर पनि यो समाजमा श्रीमानमा आश्रित भयर बाच्ने परनिर्भर नारी बन्न चाहान्छौर मत त्यस्ता नारीको लागि तिमि उदाहरनिय बनेको हेर्न चाहान्छु जिन्दगि सधै एक नासा हुदैन सब्को आज जेछ भोलि हुन्छ भन्ने हुदैन भोलि जे हुन्छ पर्सि त्यस्तै न हुन सक्छ परिस्थिति परिबर्तान भै रहन्छ जिबनमा कुनै दिन म नहुन सक्छु एक्लोपनमा तिम्ले जिउन सक्ने हुनु पर्छ साथ रोज्न सक्ने हुनु पर्छ त्यसको लागि तिमि स्वतन्त्र छौ तर सहनु भुतिमा जिबन गुजारा को पात्र बन्न भने तिम्लाई छुट हुने छैन
बिवाह पछिको मानिसको खुसीको जिबन सकिने हैन दुबैको उर्जाले जिबनालाई नया गति दिन सकियोस मेरो चाहाना तिमि के भंन्छौ मेरी हुने वाला लाइफ पाट्नर …

Leave a Reply

Back To Top