“बिथोलिएका मनहरु”

-दिपेन्द्र थामी

गए टुकी फुटी जीवनका अनगन्ति रहरहरू
भोगे जीवनकालमा पीडादायी अस्रय प्रहरहरू !
लत्याई हाँस्दै जीए मनका ति अनेक रहरहरू
सड्गालिने छु अब ति विथोलिएका मनहरू !!

अधुरै छ अझै कयौ रंगिन जीबनका सपना
विसाउ कहानिर कुन सितल चौतारी बीचमा!
पोखँ कसलाई अधुरा बेचेन मन तनहरू
सड्गाल्नेछु अव ति विथोलिएका मनहरू!!

झल्झल छ अझै ति दर्द र पीडाहरू मनमै
सम्झिदा आशुधारा झर्छन बर्षात खहरेझै!
विते वेस्वादिलो भै दिवंगतका जिवनकालहरू
सड्गाल्नेछु अव ति विथोलिएका मनहरू !!

Leave a Reply

Back To Top