आँसु त लुक्छ यहाँ
कहिले पो सुक्छ र?
उस्तै बिझ्दछ दु:ख
अरुको कस्ले पो बुझ्छ र?
मान नमान भीड सुनिदो र’छ
भीड नै बोल्दो रै´छ
भीड सँग नै हाँस्नु छ
भिड सँगै रुन पर्छ यहाँ ।
सुख दु:ख बिर्से मैले
भिड मै हराए
आँसु त लुक्छ यहाँ
कहिले पो सुक्छ र?
उस्तै बिझ्दछ दु:ख
अरुको कस्ले पो बुझ्छ र?
कमजोर तिमी नहुनु
कतै म गलेर जाउ
दुनियाँ अन्धो छ
तिम्रो लागि कुनै दिन
बिश्वासको संजिवनी
म खोजि ल्याउ ।
आँसु त लुक्छ यहाँ
कहिले पो सुक्छ र?
उस्तै बिझ्दछ दु:ख
अरुको कस्ले पो बुझ्छ र?
-रबिन कोइराला