“झोले”-पुरेतसँग कर्मकाण्डे झोला । नायकसँग दे…

पुरेतसँग कर्मकाण्डे झोला
नायकसँग देशको झोला
शिक्षकसँग योजना झोला
चिकित्सकसँग ओैषधी झोला
वकिलसँग ऐन नियम झोला
कृषकसँग विऊको झोला
हलकारासँग चिठी पत्र झोला
चालकसँग उपकरण झोला
सर्जकिसँग सिर्जना झोला
म तँ तिमी तपाईं हजुर
आहा गर्वका झोलाहरू
आदर्श झोलेहरू ।
!!! !!! !!! !!!
विविध पेसासँग दले झोला
विउकोसट्टा पार्टीका झोला
पाठयोजना सट्टा दले झोला
ओैषधी सट्टा क्लिनिके दले झोला
नियमको सट्टा घोषणा पत्रे झोला
झोला कतै गर्व, कतै शर्म
सबैरोग निदान उपचारका
सिटामले दलगत झाेलाले
देश खाएकोछ
कर्म ठगाठग प्रतिश्पर्धा
बिचाैलिया झोला
भर्ष्टाचारे झोला
कामकुरा एकातिर
कुम्ला ठिमीका झोला
झोलाले बन्छ देश
झोलैले बिग्रन्छ देश
परपेशा दलबदले भन्दा
स्वपेसाका झोले बन्न सके
अनिमात्र झोले आहा झोले ।
!!! !!! !!! !!!

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top