धैर्यताले नै शक्तिलाई कजाएँ,
परम् धन सन्ताेषलाई बनाएँ ।
मित्र त रिसाएर, आएकाे थियाे,
मैले सुमधुर मुस्कानले सजाएँ ।
जीवन मित्र आत्म विश्वास गराएँ,
वचन कर्मलाई सत्यतामा चलाएँ ।
आराेप गाली छैन गाउँघर छिमेक,
खल्ती हरिकङ्गालै, अर्थ ज्ञान फलाएँ ।
व्रहमाण्ड गढ शिक्षा अनुभव दलाएँ,
ईमान गिराउने, अहङ्कार गलाएँ ।
शीताङ्ग छ मनमा, ईर्ष्या ताप नास्तीमा,
मनाेगत तुलबुल, अगेनाेमा जलाएँ ।
कुमनका वृक्षहरू, सुमनले ढलाएँ,
नव कलकल मुहुना, ठुटाेबाटै पलाएँ ।
पशुतुल्य नै मान्छे, बेलाबेला पागल,
आशक्तिलाई दाम्लाे कसी घाँस हलाएँ ।
पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)