प्यारा भगवान्
म यसरी मरु
कि ममा कसैको मोह नहोस्
मेरो आफ्नै पनि
र आफ्नाको पनि
बस्
तिम्रो प्रेम होस्
होशमय ध्यान
रहोस्
गहिरो सन्नाटा
अनि मौन भएर
वृक्षमुनी
हिमाच्छादित हिमालय
झरना नदीको गीत सुन्दै
मेरो मृत्यु होस्
म आफुले-आफुलाई
पाएर मात्रै मरु
प्रिय परमात्मा
तिम्रो लागि
बस् तिम्रो प्रेमले त जिइरहेछु
नत्र यो नश्वर
र थोत्रो शरीर
उबेला मरिसक्यो ।
मलाई यी बेहोसीको भिडमा
कुकुरझै मर्नु छैन् ।
म तिमि हुनु भगवन्
यो सम्पूर्ण अस्तित्व
प्रकृति होस्
मलाई यस्तै मृत्यु दिनु
यसरी मरु कि
फेरि बारम्बार मर्न
नपरोस्
नमन्
-अनिश तिवरी
सिन्धुपल्चोक