नयाँ नृत्यमूलक गीत “DANCE EVERYBODY DANCE” तपाईं हामि माझमा अब । जोशिलो स्वर, छम्म छम्म नाच, रङ्गीन भिडियो अनि उत्कृष्ट प्रस्तुतिको साथ!

गीतमा गायिका सिमरन परियार र गायक देव राज खत्रीको स्वर रहेको छ । गीतका शब्द विजय दिइयालीले लेखेका हुन् भने मनिष श्रेष्ठले संगीत दिएका छन्। गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ जीवन बडुले गरेका छन्, BIG PARIVESH HD स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिस्ट पनि जीवन बडु नै हुन्।

भिडियोको निर्देशन तथा कोरियोग्राफी स्वयं मनिष श्रेष्ठले गरेका छन्। भिडियोमा मनिष श्रेष्ठसँगै गरिमा भट्टराई र युसना केसीको अभिनय र नृत्य देख्न सकिन्छ। भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, अमृत चापागाईंको सम्पादन, र सरिता प्रजापतिको मेकअपले पनि विशेष प्रभाव पारेको छ।

प्रोडक्सन व्यवस्थापन सुमन कटुवालले सम्हालेका छन् भने समुह नेतृत्व जेनिशा मगरले गरेकी छिन्। पोशाकको संयोजन भ्यालेन्टिनो (सुकनिता चौलागाईं) बाट गरिएको छ। डिजिटल प्रचारको जिम्मेवारी स्मार्ट नेपाल मिडिया प्रा.लि. (अनामनगर, काठमाडौं) ले लिएको छ, जहाँ प्रचार प्रमुख भास्कर श्रेष्ठ रहेका छन्।
यो गीत अहिले युट्युब तथा सामाजिक सञ्जालमा उपलब्ध छ । गीतको रफ्तार, रङ्गीन प्रस्तुति र कलाकारहरूको ऊर्जा दर्शकले रुचाउने छन भने आसा गरियको छ । गित भिडियो ….