तिम्रो प्रेमिका

निम्तो थियो, मन थिएन,
तिम्रो प्रेमिकाको चहलपहलमा
फेरियो मन—उनलाई लुकेर हेर्न,
अनुहार पढ्न, समय बिर्सेछु।

तिम्रो यादमा ओठमा मुस्कान आएन
सजिने मन भएन कुर्तामा।
हतारहतार आफ्नै धुनमा पुगेँ,
जुन परिवेश मन पर्दैन त्यहीँ।

नचाहँदा नचाहँदा टेक्न पुगे,
सडकमा फोहोरका थुप्रोमा चेतनाको कमि,
तर सम्वादको मिठो लहर नयनभरि।

मुसुक्क मुस्कुरायो ओठ, मौन आवाजमा,
कलमी हस्ति मस्त सम्वादमा।
तिम्रो प्रेमिकालाई बिर्सिसकेछु,
मस्त भएर आफैंमा।

झल्यास देखेँ उनको अनुहार—ए ए ए!
मनमनै नियालि।
लुकेर हेरेँ टकटक, तिम्रो अनुहार भेटेँ उनमा।

एउटै रहेछ! अचम्म लाग्यो, प्रिय लाग्यो।
बस्त्रले छोपिएको शरीर सुन्दर,
फेरि सोचेँ—किन अर्धाङ्गी थिईं ती आवाजमा?

अधीर जस्ती उठिन्, सङ्गिलाई प्रेम जताउँदै,
लुकिलुकी नियालेँ—उनको कलिलो अनुहार, मिलेको बनोट।
मन पर्यो मलाई उनी…
ढुक्क भएँ—तिम्रो साथमा छिन्।

सधैं तिम्रो साथमा रहोस् भन्ने कामना गर्दै,
छुटे मेरा हात तिमीबाट, झरे आँसु प्रेममा।
खुसी भएँ जीवनमा तिम्रो प्रेमिकालाई देखेर।

✍️ #सनुजा श्रेष्ठ

Back To Top