साउन शुक्ल पूर्णिमाको सन्देश ✍️ रोशन अधिकारी

जनै फेरियो आज घर आँगनमा,
धागोमा बाँधियो श्रद्धा र सम्मान।
राखीको रेशमी डोरिले बाधेपछि,
सुरक्षित भयो मन, भाइको मान।

क्वाटिको पकवान छ घरघरमा,
सात दालको सौगात छ ध्यानमा।
परिवारमा सांस्कृतिक भेटघाट,
समृद्धिको शुभसन्देश साथमा।

ऋषि-मुनिहरूलाई तर्पण गर्दै,
धर्म र ज्ञानको दीप छर्दै- छर्दै।
संस्कृत भाषाको मिठासमा,
संस्कृति र पहिचान झल्काउँदै।

आदिवासीको मौलिक पहिरन,
गीत- नृत्यसहितको गर्विलो सान।
समानताको आवाज उठाउँदै,
देशको समृद्ध पहिचान।

भूमि पूजा, भू–संरक्षणको शपथ,
धरतीको प्रेम जगाइ हामीमाझ।
प्रकृतिसँग बाच्दै, भोलिलाई साँच्दै,
सपना उज्ज्वल देख्दै जाऊँ आज।

साउन शुक्ल पूर्णिमाले सिकाएको
मेलमिलाप र भाईचारा कायम गर्दै।
पर्वहरूलाई साथ लिएर अघि बढ्दै,
सबैका लागि खुशी सारा लिँदै जाऊँ।

आजको साउन शुक्ल पूर्णिमाले
तपाईंको परिवारमा सुख, शान्ति
समृद्धि ल्याओस् ।

Back To Top