पुर्बेली लोकगीत “लाईदिऊँ कि माया झ्याम्मै” 

लोकसंगीतप्रेमीहरूका लागि नयाँ पुर्बेली लोकगीत “लाईदिऊँ कि माया झ्याम्मै” सार्वजनिक गरिएको छ। यो गीत गीतकार गोविन्द प्रधान द्वारा लेखिएको र मनोज सङ्सोन राइ द्वारा सङ्गीत तथा ईन्द्रकला राई र मनोज सङ्सोन राइकै स्वरमा सजियको गित जुन हालै युट्यूबमार्फत सार्वजनिक गरिएको छ ।

गीतमा प्रेमको भाव तथा पारम्परिक पुर्बेली शैलीलाई समेटिएको छ र यसले श्रोताहरूमा आफ्नै मातृभाषिक र सांस्कृतिक पृष्ठभूमिसँग जोड्ने भाव जगाएको छ । सार्वजनिक भएको युट्यूब भिडियोमा दर्शक श्रोताहरूले गीतको लय, शब्द र प्रस्तुति सबैको प्रशंसा गरेका छन् ।

लोकगीतका निर्माता कलाकारहरूले श्रोताहरूलाई गीतलाई सुनी प्रतिक्रिया दिन आग्रह गरेका गरेका छन गीतले पुर्बेली भाषा र सांस्कृतिक पहिचानलाई प्रतिविम्बित गर्दै आधुनिक डिजिटल माध्यममा स्थान बनाएको छ ।

भिडियो लिङ्क

Back To Top