आँखाहरू महल चढ्छन्
पाहाझैं पछारिन्छन्
चिल्लाकार टाउकाेमा
चस्मा लगाउँदै हाँकिन्छन्
अनायस दुर्घटनामा पर्छन्
टाईसुटमा सजिन्छन्
क्षणमै घुँडा फाटेकाे
सुरूवाल हुन्छन्
स्वप्निक उज्यालाेमा
मन छम्छमाउँछन्
बिपना निश्पट्ट अँध्याराे हुन्छ
किन कि हजुर
म त नितान्त भूँईं मान्छे ।
!!! !!! !!! !!!
अधिकार काेरिन्छन्
संविधानमा बाछिटा पर्छ
लतपतिएर मेटिन्छन्
कानून बन्छ तराजु काेल्टिन्छ
पैसामा क्रय विक्रय हुन्छ
ओठहरू बुद्बुदाउँछन्
आवाज झ्यालखानामा
प्रतिकार ज्वारभाटा उठ्छन्
पानी फाेकाझै उठ्दै फुट्छन्
साेचहरूकाे भूर्णहत्या हुन्छ
सभ्य भएर हिंड्दा पनि
सम्पन्नताका अगाडि झाेपडी
नकारात्मक असभ्य हुन्छु
सिर्जना काेरिन्छन्
बकवास बन्छन्
किन कि हजुर
म त नितान्त भूँईं मान्छे ।
- फेसबुक कबि पुन्य प्रसाद घिमिरे