—छिरिङ टासी
बाबाले सोचेको हुन सकिन,
आफैले रोजेको उचाइ छुन सकिन।
सपनाको घाममा जलेको अनुहार बोक्दै छु ।
अझै हाँसो खोज्दै केहि कदम आफ्नो सोच्दै छु ।
बालापन बाबा आमा सगको लडाइ
ढाट्दै छल्दै रहरको यात्रा आफु लाइ गराई
जिबनका पाना पल्टाउदा पल्टाउदै कसै को हात समाइ
आशाका बीउ रोप्दा रोप्दै मेरो माटोमै कुहाइ
दोसि वर्षा बनाइ बाआमा आफ्ना ढाट्दै छु
अध्यारो हासो हास्दै हास्दै
कसैले नदेख्ने गरि मनका घाउहरू लुकाइ बच्दै
कर्म को बिउ रोप्दै आफ्नो भबिस्य खोज्दै छु ।
देखा सेखिको तरजुमा नजोख्नु मलाइ
अर्कौ नजरले हेन खेाज्नु मलाइ
म पनि मेरो आप्फ्नै बाटो बुन्दै बाआमा
कालो रातमा जुनकारी झै उज्याली छाउदै
संगर्सको गाथा मेरै जन्म भूमिमै रचदै
अरुको म जस्तो हु तर म हारको गोरेटो हिँड्दिन
म उचाइ छुने सपना फेरि रोप्छु। बाआमा
बा तपाईंको आशा आमाको माया सम्हालेर
म आफ्नै आकाशमा एकदिन उचाइ भेट्ने छु
तपाइको सपना आँखामा बसेका छदै छन
रोकिँदिन म मेरो पाइल बुझ्नु संघर्ष नै मेरो धर्म कर्म हो।
उचाइ हराय को मान्छे म
- छिरिङ टासि
सिन्धुपल्चोक
Ramro xa