पर्वको उल्लाससँगै नयाँ गीत सार्वजनिक भएको छ । स्टुडियो किङको प्रस्तुतिमा आएको यस गीतमा स्वर दिएका छन् गायक मनोज सांङ्सोन राइ र गायिका मन्मा बिराइले ।
गीतका शब्द मिस्टेक लिम्बुले लेखेका हुन् भने संगीत, संगीत संयोजन र रेकर्डिङको जिम्मेवारी स्वयं गायक मनोज सांङ्सोन राइकै रहेको छ । गीतलाई आकर्षक बनाउन रेकर्डिङमा सुरेश पायल राइले साथ दिएका छन् भने राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेर ध्वनिलाई अझै मधुर बनाएका छन् ।

भिडियो छायांङ भने अर्जुन कटुवालले गरेका हुन र भिडियोको सम्पादन, रङ र ग्राफिक्स ए.के. अर्जुन खड्काले गरेका हुन ।
नेपाली संगीतप्रेमी दर्शक–श्रोतालाई शुभकामना दिँदै सार्वजनिक गीतबारे गायक मनोज सांङ्सोन राइले भने, “दशैँ–तिहार जस्ता चाडपर्वमा सबैलाई खुशी र मेलमिलापको सन्देश दिने उद्देश्यले यो गीत ल्याइएको हो । दर्शक–श्रोतालाई मन पर्ने विश्वास लिएका छौ ।”

गीत र भिडियो दुवैलाई एकै साथ स्टुडियो किङको अधिकृत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । साथै www.poemreader.com यस गीतको मिडिया पार्टनरको रूपमा रहेको छ ।
निर्माण पक्षले सबै संगीतप्रेमीलाई गीत सुनेर, भिडियो हेरिदिएर सुझाव–सल्लाह र प्रोत्साहन दिन आग्रह गरेको छ ।
गित भिडीयो …