हुनेखानेहरू यहाँ, सुखभाेग अजन्त छन्,
हुँदा खानेहरू यहीँ, मात्रा रेफ हलन्त छन्
वर्गीय राँकाे बालेर, अत्याचार छ वर्गभित्रै,
उचदेखि झाेपडीमा, राक्षसी सामन्त छन्
महिला महिलै छेड, गरिव गरिवकै खिल्ली,
वर्ग लिङ्ग जातजाति, सामन्त अनन्त छन्
ढुङ्गे युग बरू सम, गाँस बास कपासमा,
जाल झेल विधानमा, भिन्नभिन्न लेखन्त छन्
थर जात गाली किन, वंश वंशैमा परजीवी,
पर पीडन हैन हजुर, सप्रमाण आफन्त छन्
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा