यात्रा

सागर धरातल
सागरबाट आकाश
आकासबाट धर्ति
रूपान्तरण भिन्न
बादलमा बाेकिन्छु
छहरामा ठाेकिन्छु
झरनामा चिच्याउँछु
आहा! झरना
दर्दमा रमाउँछन् दृश्य
बाढीमा रिसाउँछु
खाेँचहरूमा लुक्छु
तगारामा नागबेलिन्छु
दाेभानमा अँगालिन्छु
नियमन धाराे
कतै भँगालिन्छु
!!! !!! !!!
किन अतालिन्छाै
अबुझ मान्छेहरू
जीवन सुखदुख क्षण
सेवाभावमा कुलिदै
गरा पाटा पुगेर
विरूवाकने नसा नसा
जीवन दिन्छु
फलमा नाना रस
गाभाहरूमा शीत माेती
तिर्खाहरूकाे अमृत
पाेखरीमा कुजिन्छु
निर्मल सागरमा छाल बयली
जिन्दगी उतार चढाब
चक्रीय यात्रा ।

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top