जती दास बन्दै जान्छु, त्यती पेल्दै जान्छ युग,
सम्बन्धमा भाँडाकुटी, खेल खेल्दै जान्छ युग
परिवार सरकार , कतै छैन सुमन ताली,
अधिकर बखेडामा, कर्तव्य ठेलेदै जान्छ युग
ओैला दिन्छु डुँडुलै निल्छ, गुनमा बैगुन फिर्ता,
आराेपका लहराले, थाङ्रै जेल्दै जान्छ युग
उसैमा आघात पर्लाभनी, सँघुरिन्छु सकेसम्म,
जसमा खुशी भर्दै गयाे, छेउ ठेल्दै जान्छ युग
यस्तै चाला रीत क्रम, फिका लाग्छ जिन्दगानी,
पर जीवन पीठाे ठानी, पापड बेल्दै जान्छ गुग
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा