धड्कनमा बस्छ्यौ तिमी

तिमी बाहेक मेरो मनमा कसैको छायाँ छैन,
धड्कनमा बस्छ्यौ तिमी, माया मात्र होइन।

तिम्रो मायाले मलाइ डर आशा दुवै बनायो,
मेरो विश्वासको धागो तिम्लाइ दियसि म एक्लो भइन

कतै केही नलुकाऊ, जे छ सब स्वीकार छ मलाइ ,
मेरो मत तिम्रो मात्रै, अरू कसैको नाम म अब रहिन

अन्त नजर नलगाऊ, मन पनि कतै नडुलाऊ,
मायामा शंका नगर, सचै तिमीलाई मेरो म बैना

हजारौ कुरा भए पनि मनले एउटै भन्छ तिमि
मेरो सम्पूर्ण माया तिमिलाइ तिमीबाहेक कतै छैन।

रोशन अधिकारी
खोटाङ

Back To Top