त्यो अन्जान यात्रा अनि
हुस्सुले भरिएको अन्धकारमा
हिँड्दा हिँड्दै….
लुक्थ्रुक्कै भिजे सरी
हुँइकिएर आकाशमा उडेको जहाज झैं,
बिस्तारै बिस्तारै क्षितिज पार गरे सरी
गाढा बन्दै…….
स्थुल बन्दै……
अनि
एक रथका दुई पाङ्ग्रा हुने गरी
कसम खाँदा रैछन्
नछुटिने बाचा गरी
अनेकौं अनेक सपना बुन्दा रैछन् ।
हिमालको हिउँ पग्लिए झैं
सर्पले काँचुली फेरे जसरी
बिस्तारै बिस्तारै….
रूखले पाउलो फेरी
पातहरू खसे झैं
तँ तँ र म म गर्दै…
एकपटक फेरि अन्जानमै पुगेर
टुङ्गगिदो रहेछ आजकालको
माया प्रेम ।
-मिलन राई
ईलाम