भोजपुरै जिल्ला’ गित सार्वजनिक : भोजपुरको सौन्दर्य र भावनाको संगम

लोकप्रिय गायक राजेशपायल राई र सुनिता थेगिमको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘भोजपुरै जिल्ला’ सार्वजनिक भएको छ । गीतले भोजपुर जिल्लाको सुन्दरता, संस्कार, र भावनात्मक पक्षलाई कलात्मक रुपमा प्रस्तुत गर्दै दर्शक श्रोताको मन जित्न खोजेको छ ।

गितमा गुन्जिएको गायक र सृजनाको मेल
गीतमा शब्द दिएका छन् गुणराज कटुवालले, जसले भोजपुरको माटो, मान्छे, र मौलिकपनलाई शब्दमार्फत जिउँदो बनाएका छन् । संगीत मनोज साङसोन राईको रहेको छ भने संगीत संयोजन समेत उनैले गरेका छन्। गीतको रेकर्डिङ मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन् ।

प्राविधिक पक्षको मजबुत प्रस्तुति
गीतको मिक्सिङ र माष्टरिङ अनुभवी साउन्ड इन्जिनियर राजु कार्कीले गरेका छन् भने असिस्टेन्ट मिक्सिङ सुरेश पायल राईले सम्हालेका छन् । सम्पूर्ण रेकर्डिङ र पोस्ट प्रोडक्सनको काम ‘स्टुडियो किङ’ मा सम्पन्न गरिएको छ।

गीतको भावशैलीले भोजपुरप्रतिको आत्मीयता मात्र नभई भूगोल, संस्कार र सौन्दर्यप्रति गर्व प्रकट गर्छ। “यस्तो राम्रो ठाउँ हाम्रो अन्त कहाँ मिल्ला” भन्ने भावले भोजपुरप्रेमलाई उच्च स्तरमा पुर्‍याएको छ।

गीत डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ, गित –

Back To Top