जुग जाने माया लाउ” गित सार्वजनिक : पुर्वेली गाउँको माया र मेलोडीको संगम

लोकसंगीतको मौलिक स्वाद र पुर्वी नेपाली गाउँको प्रेमभाव समेटिएको नयाँ गीत ‘जुग जाने माया लाउ’ सार्वजनिक गरिएको छ।

अमर मेवाहाङ र मोनिका राईको स्वरले सजिएको यस गीतमा डिजे मेवाहाङको शब्द तथा संगीत रहेको छ। सागर संसार राईको एरेञ्ज तथा मिक्सिङमा तयार पारिएको गीतको रेकर्डिङ पनि डिजे मेवाहाङकै संयोजनमा सम्पन्न भएको हो।

वाद्यवादनमा बाँसुरीमा रत्न बिके, मादलमा पोशन घर्ति मगर, र सारङ्गीमा हेमन्त कान्छा रसाइलीको मनछुने प्रस्तुति रहेको छ। गीत महोल स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो निर्माण Jaskelo Creationले गरेको छ, जसमा पुर्वी धरान र टिस्टा परी गाउँको ग्रामीण सौन्दर्य, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

“जुग जाने माया लाउ” गाउँको माया, सम्झना र जीवन्त भावनाको मिठो अभिव्यक्ति हो। श्रोतामाझ गीतले राम्रो स्थान बनाउने विश्वास गरिएको छ। भिडियो गित

Back To Top