सुनिल निर्दोषी पर्घरीको शब्द र इन्द्र सुशील चोङबाङको संगीतमा सजिएको नयाँ लोक शैलीको गीत ‘पूर्वेली ठिटो’ सार्वजनिक भएको छ। इन्द्र सुशील र मोनिका राईको सुमधुर स्वरमा सजिएको यो गीतले पूर्वी पहाडका युवाको मनोभाव र प्रेमभावलाई प्रभावशाली ढंगले चित्रण गरेको छ।

गीतको एरेञ्ज मनोज सङ्सोन राईले गरेका छन् भने, अडियो/भिडियो सम्पादन सिमिक्लुङ दर्पणको ब्यानरमा गरिएको हो। स्टुडियो किङ म्युजिक मिडियामा रेकर्ड भएको गीतमा मिक्सिङको जिम्मा राजु कार्की र रेकर्डिष्ट सुरेश राईले गरेका हुन ।

भिडियो पक्षलाई सुजन लिम्बूले निर्देशन गरेका हुन्, जहाँ इन्द्र सुशील, यौबना याख्खा, दीपक पर्घरी खजुम, राजकुमारी याख्खा, राजकुमार तेङ्युङ र डम्बर ख्वाहाङजस्ता कलाकारहरू को अभिनय देख्न सकिन्छ ।
‘पूर्वेली ठिटो’ गीतले सांगीतिक माध्यमबाट संस्कार, पहिचान र भूमिको सन्देश फैलाउने प्रयत्न गरेको छ। गीतलाई युट्युब लगायत सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।