संगीतप्रेमीहरूको मन छुने प्रेमील धुन लिएर आएका छन् बहुप्रतिवान कलाकार Azeet Sapkota। उहाँकै शब्द, संगीत र स्वरमा सजिएको “तिमी छौ र” गीत प्रेम, समर्पण र कोमल भावनाले भरिएको एक गित बिवाह भिडियो सहित

गीतले प्रेममा डुबेका मनका भावहरूलाई सरल शब्द र मधुर लयमार्फत अत्यन्तै प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। “तिमी छौ र यो मुटु मेरो धड्कि रहन्छ…” भन्ने हरफबाट सुरु हुने गीत, प्रेमीको उपस्थितिले जीवनमा ल्याउने ऊर्जा र प्रेरणालाई गहिराइपूर्वक व्यक्त गर्छ।
झरिमा रुझेको देख्दा चङ्गा झैँ उड्न मन लाग्छ,
गीतमा प्रेमको सरलता मात्र होइन, गहिराइ र समर्पणको सौन्दर्य पनि पाइन्छ।
Azeet Sapkota को आवाज र आत्मीयता समेटिएको यो गीतले प्रेम गर्ने हरेक मनलाई छुने विश्वास लिइएको छ।
सार्वजनिक भएको ‘तिमी छौ र’ YouTube, TikTok लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ। तपाईँले पनि सुन्न नबिर्सनुहोला एकपटक सुन्नासाथ मनमै बस्नेछ …

गित
तिमि छौ र यो मुटु मेरो धड्कि रहछ
साथ तिम्लाइ दिउला यो जुनि जिउला
यो मुटुले यहि भन्छ माया ।
माया तिमि मै भुलि दिन्छु ।।
जब तिमी साथ हुन्छौ
सङग सङै म सग हिड्छौ
सन्सारै जिति दिन्छु म
जब तिमि हासेको देक्छु
झरिमा रुझेको देख्छु
चङा गाझै उडि दिन्छु म
माया तिमि मै भुलि दिन्छु म
तिमि छौ र यो मुटु मेरो
तिमि छौ र यो मुटु मेरो धड्कि रहछ
साथ तिम्लाइ दिउला यो जुनि जिउला
जब मैले तिम्लाइ हेर्छु
लाज मानि ओठ टोक्छौ
भित्र भित्रै झुमि दिन्छु म
फुल्को सुगन्ध हौ तिमि
प्रेमको अर्को रुप हौ तिमि
तिमि मै भुलि दिन्छु म
माया तिमि मै हराइ दिन्छु म
माया यो मुटुले यहि भन्छ ।
तिमि छौ र यो मुटु मेरो धड्कि रहछ !