१,
प्रगतिमा नाता जोडिने रहेछन
दुर्गतिमा आफ्ना छोडिने रहेछन
सब कुरा त पैसा रहेछ याहा हेर्नु
बुझेर मान्छे ले बाटो मोडिने रहेछन
२,
गरेको गुण हैन, नगरेको बैगुन देखिन्छ ।
आँखामा हेर, पीडाको बिस्कुन देखिन्छ।
साँचो बोल्नेहरूलाई चुप लगाइन्छ यहाँ,
झूट बोलेरै ठूलो यथार्थ परक जुन देखिन्छ ।
३,
नदेखिने दाग लाग्या छ प्रेममा !
पिडाको भाग लाग्या छ प्रेममा !!
मरिहत्ते गरे पनि नचाहेको देख्दा
कसैको आखा लाग्या छ प्रेममा !!!
४,
खुसी टिपी मायाले साभार गर्नु छ।
घृणा प्रीत मायाले नै आभार गर्नु छ,
राम्रो गर्दा टाउकोमै कुल्चिने प्रति
त्यो मायाको खुकुरी प्रहार गर्नु छ।

रोशन अधिकारी खोटाङ