खबरको सम्वाहक, कागलाई गाली किन,
वर्षैभरि चुलो थेग्ने, सागलाई गाली किन
आफ्नै कर्तुत रागमय, खोकी अनि हाछ्चिउँ,
तेलखारमा अकबिरे, रागलाई गाली किन
रोजी छोडी पारपाचुके, अकालमा नैतिकता,
अकर्म खेल आफैंखेली, दागलाई गाली किन
अल्छे तिघ्रो स्वदी जिब्रो, प्रगति र उन्नति रे,
जस्तो कर्म उस्तै फल, भागलाई गाली किन
दफा धारा उपधारा, बडेमान संविधानका,
थाङ्ग्रा खोज्छ लहराले, मागलाई गाली किन
फेसबुक कबि
पुन्य प्रसाद घिमिरे