मृत्युका चित्कार पर्खेर बाँचिरहेको म
आमाको न्यानो कोखमा आश्रय लिदै
रुवाइ पछिको आमाको पहिलो हासो भर्दै
यो धर्तिमा पहिलो सास फेर्दै आएको म ।
अन्जान यात्राहरूमा लड्दै उठ्दै
कही हात समाउँदै, कही कतै दिदै
आमाको ममताका पलहरू बोकी
सपना बुन्दै हिडिरहेको म ।
आज सम्झिन चाहन्छु मेरि आमालाइ
आफ्नो भोक तिर्खाहरु बिर्सेर
मेरो लागि साचेर राखिदिने आमा
आफ्ना पिडा आँसु लुकाएर
मेरो निम्ति हाँसी दिने मेरी आमा
मेरा हर गल्तीहरू लुकाएर
मेरो पीडा सङै रोइदिने मेरी आमा
जहाँ संसारले धोका दियनि गाली गरे पनि
मेरो ढाल बनी उभिने मेरो आमा ।
म तिमीले दिएको मायाको गहिराइ बर्णन गरेर सक्दिन केवल यत्ति भन्न सक्छु !
“आमा, म तिमीलाई हृदयदेखि नै माया गर्छु।”
मेरो साना सपनाका रंगहरू सजाउन,
आफ्ना हजारौँ सपना चुपचाप जलाइदिने आमा।
मेरो उज्यालो बिहानीका लागि
अनेक अँध्यारा रातहरू सहने मेरी आमा।
कुन शब्दले बयान गरूँ तिमीलाई?
कुन कुराले तौलौ तिमीले दिएको अनन्त मायालाई?
सानो मुटुले म तिम्रो समुद्रजस्तै मायालाई कसरी समेटू
“आमा, तिमी माया गर्छौ,
म पनि तिमीलाई माया गर्छु, हृदयको गहिराइ बाटै र सधैं तिमीभित्रै बाँच्छु
उहि तिम्रो छोरो रोशन