हो म प्रेममा छु आफैसँग

–खियामा राइ

एकटकले ऐनामा हेरिरहन्छु आँखा नथाकुन्जेलसम्म
आफ्नै चित्रसँग कुरा गरिरहन्छु मन नअघाउन्जेलसम्म
आफ्नै आँखाले आफैंलाई देखेर दङ्ग
हो म प्रेममा छु आफैसँग

किन यति प्रिय लाग्छ मलाई यो पात्र
सबै खुशी दिउ झै लाग्छआफूलाई मात्र
आफैलाई देखेर हुन्छन् सबै तनाव भगँ
हमे म प्रेममा छु आफैसँग

भनुन स्वार्थी, घमण्डी जे जति छ भन्न बाकी
सबै सुम्पेको हो आफैलाई धितो राखी
अब आफ्नै लागि हुन यी अङ्ग अङ्ग
हो म प्रेममा छु आफैसँग

के प्रेम आफैंलाई गर्न मिल्दैन र.?
सबै खुशी आफैमा भर्न मिल्दैन र.??
भर्दैछु जिन्दगीमा सबै रङ्ग
हो म प्रेममा छु आफैसँग।।।

Leave a Reply

Back To Top