खोटाङ बाट नया आसा

—–खियामा —-
नया आसा – कबिता
आफ्नो माटोको भाबना

खाेटाङ्बाट नयाँ आशा

लाखौं नेपालीले यहिँ माटोमा आँसु बगाइ जान्छन्
अलिकति हुनेखानेले परिवार काठमाडौं लान्छन्
अनि यो ठाउँमा भ्रष्टाचारी दलाल चाेर बसेर लाटो
जनताको पसिना र रगत चुसेर मज्जाले खान्छन्

जनताहरू पनि के भाकाे खै आफ्नो मान्छे आफ्नो
पाटि भनेपछि खुट्टा ढाेग्ने आफूलाई गाली गरेर
भाषण गर्दा पनि सहि हाे भन्दै ताली ठाेक्ने
हुन त यहाँ ताली पनि कसरी नठाेक्नु बाध्यता छ

दुइ चार मिठो गफ हानेर आँखामा छाराे फाल्दिन्छन्
गलत हाे भनेर कसैले टिप्पणी गर्दा मुखमा टेप हाल्दिन्छन्
आफू भित्रभित्रै मिलेर त्यो पाटी यस्तो त्यो पाटी उस्ताे
भन्दै भएभरका जनतालाई उचाल्दिन्छन्।।

उनले त गुलामी गरेपनि अर्काको राम्रो हुन्छन् आसन
बिचरा मरेका छन् जनता भाेकै छैन त्यहाँ कुनै रासन
वीर गाेर्खाली भनेर चिनिएको देशमा अहिले पुरा
विदेशीको चल्दै आइरहेको छ शासन
याद राख्नु जसले ढक तराजु बनाए
उसैले हाम्रो देश सबैभन्दा माथि बनाए
लाेकतन्त्र गणतन्त्र पछि देश बदलिन्छ साेचिरहेँ
दलाल पुँजीवादीहरूले आफ्ना पाखुरा र छाती बनाए,

अब खाेटाङ्बाट नयाँ आशा छ
जसले खाेटाङ्देखि सुरु गरेको छ यात्रा
खाेटाङ्लाई खाेटाङ् जस्तै बनाएर देखाउने छ,,
अब युवा जति नयाँ साेचमा अडिने छ
यो देश हाक्ने सँग भन्दा पहिले यो
देश बेच्नेसँग लडिने छ,,,

टेम्के डाँकाको टुप्पाेबाट बिगाेल बजेपछि
जङ्गि निजामती यसरी जम्मा हुनेछन्
दाजुभाइ दिदिबहिनी खाेटाङ् फर्किएर,
यसरी जम्मा हुनेछन् पुराना बाजा
ताल मादल प्रयाेगमा आउनेछ

हलेसी महादेव मन्दिर गई
पर्यटक मस्तले रमाउनेछ
अनि खाेटाङ् खाेटाङ्ममै बसि
कृषिलाई निरन्तरता दिई मान मर्यादा
प्रतिष्ठान र इज्जत कमाउने छन्

Leave a Reply

Back To Top