तिमी प्रेम गर या नगर


तिमी प्रेम गर या नगर,
तिमी मेरो भर, पर या नपर
म त भन्छु, मेरो लागि नमर

त्यो पानिको प्यास सरि हौ,
सुद्द मन राम्रो रुपकि परि हौ तिमी
मेरो आखाले तिम्लाई चायो
मेरो मन तिमीमा रमायो
भन्दिन रमाउनु पर्छ भनेर
तिम्रो आखा म मा लगाउनु पर्छ भनेर
मेरो दुखमा अघि सर या नसर
तिमी प्रेम गर या नगर,
म त भन्छु, मेरो लागि नमर

त्यो पुस्प गुच्छा झै फुल हौ
पाउन चाहाने गुमाउन नचाहाने भुल हौ तिमी
म तिमीलाई एक्तर्फी प्रेम गर्छु
आफ्नो दिल्भरी तिम्रै कल्पन छर्छु
भन्दिन, तिमिले प्रेम गर्नु पर्छ भनेर
तिम्रो दिलमा मेरो याद्ले भर्नु पर्छ भनेर
मेरो खुसिमा अघि सर या नसर
तिमी प्रेम गर या नगर,
तिमी मेरो भर, पर या नपर
म त भन्छु, मेरो लागि नमर

भन्दिन मलाइ नै रोज,
बस, आफ्नो लागि खुसी खोज ♥️
तिमी प्रेम गर या नगर
तिमी मेरो भर,पर या नपर
म त भन्छु, मेरो लागि नमर…….. ||

Leave a Reply

Back To Top