१,
कल्पनामै कल्पियर हराउनुको के मजा
उसैलाइ देखि सपनिमै कराउनु के मजा
प्रोफाइ खोलो हेरो राम्रो भन्ठानि बोलायो
नबोलि भाउ खोज्ने लाई बोलाउनु के मजा
२,
नम्बर पाको भय बोलेर सताउथे होला
कत्ति मन पराउछुभनेर फोनमै बताउथे होला
तर तिम्ले किन मलाइ नम्बर देयनौ र पो नत्र
कसम मेरो माया जालमा फसाउथे होला
३,
हासो पिडा एकै समय कसरि हुन्छर
छाडि जाने मायाको जय कसरि हुन्छर
प्रेम गर्दा दुबैको बिचार मिल्नु पर्ने भयसि
बिछोडमा एक्लै को निर्णय कसरि हुन्छर
४,
कुर्दा कुर्दा तिमि लाइ थाकेर बसेको हु
आइदेउ छिट्टै भनि देबि भाकेर बसेको हु
राम्रो मन न्यानो माया तिमि लेर आउ
बाटो हेरि तिम्लाइ नै ताकेर बसेको हु
- रोशन अधिकारी, खोटाङ