फक्री सुनाखरी, लरक्क चरित्र,
सेवाभावी कर्म, ईश्वर पवित्र ।
काम क्राेध लाेभ, माेह रिस राग,
दुर्गन्ध कुसाेच, रछ्यान म भित्र ।
स्वार्थ न लालच, धरती बिचित्र,
सेवाभावी कर्म, ईश्वर सचित्र ।
स्वार्थी पाेकाहरू, देह झुण्डझुण्ड,
मै खाऊँ मै लाऊँ, साक्षसी म भित्र ।
झुल्की प्रभाकर, कुना कन्दरामा,
ऋतु चक्र मिठा, याम अन्तरामा ।
अघाई अपूर्ण, कुम्ल्याउनु पर्ने,
म अल्झीएकाे छ, पाेका पन्तरामा ।
चरी डाली रम्छ, ताल शान्तै गम्छ,
टह टह जून, प्रकाशमा रम्छ ।
बितण्डा छ धेरै, मन कुनाकाप्चा,
सचेत जन्तु म, मन लेदाे जम्छ ।
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा